‘पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसको गल्ती’

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेस नेताहरुको गल्ती भएको टिप्पणी गरेका छन् ।

सोमबार चितवनमा प्रजातान्त्रिक प्राध्यापक संघ नेपालको प्रदेश नम्बर ३ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले भने, ‘अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ । पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो ।’

पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने उनले बताए ।

वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।

सम्बन्धित शिर्षकहरु