
काठमाडाैँ । लामो समयदेखि कायमुकायमको भरमा सञ्चालन हुँदै आएको सर्वाेच्च अदालतमा प्रधान न्यायाधीशको नाम सिफारिस गर्न मंगलबार संवैधानिक परिषदको बैठक बस्दै छ। प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा साँझ ५ बजे परिषदको बैठक बस्ने भएको हो।
संसदका दुवै सदनको नियमावली पारित भएपछि संसदीय सुनुवाइ विशेष समिति गठनको बाटो खुलेको हो। मंगलबारको बैठकले परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ गरेर राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
न्यायपरिषद् सचिवालयले वरिष्ठताका आधारमा क्रमशः दीपककराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम प्रधान न्यायाधीशका लागि पठाइसकेको छ।








