गुण्डा नाइके अशोक लामा प्रहरी इन्काउन्टरमा पर्नुको कारण यस्तो छ

काठमाडौं । प्रहरी टोली माथि फायर गर्ने गुण्डा नाइके ललितपुर गिम्दी ८ घर भएका ३८ वर्षीय अशोक लामालाई प्रहरीले गोली प्रहारगरी सोमबार नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार लामाले समूह खडागरी सातदोबाटो, भैसेपाटी एरियाका प्लटिङ ब्यापारी, क्रसर ब्यापारीसंग रकम असुल गर्ने र निर्माण ब्यवसायीहरुलाई फोनगरी धम्की दिई पैसा माग्ने जस्ता विभिन्न उजुरी महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि उनीमाथि निगरानी बढाएको थियो । त्यसैक्रममा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा सोमबार दिउँसो ललितपुरको युएनपार्क नजिक ३/४ जनाको समूहमा अशोक लामा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्न खोज्दा फायर गरेपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार प्रतिकारस्वरुप १ राउण्ड फायर गर्दा लामाको दाहिने खुट्टामा गोली लागेको थियो ।

घटनास्थलबाट प्रहरीले १ नाल पेस्तोल र २ राउण्ड गोली समेत बरामद गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु