सेयर बजार अाज पनि रातै

काठमाडौं । अघिल्लो दिन अर्थात बुुधकार बोनस तथा हकप्रद सेयरमा लाभकर फिर्ताको निर्णयले हरियो भएको नेप्से फेरी पनि रातै भएको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से उच्च अंकले घटेको छ भने कारोवार रकम अघिल्लो दिनको तुुलनामा बढेको छ ।

नेप्से २५ दसमलव ६८ अंकले घटेर १२ सय ५७ दसमलव सात अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पाँच दसमल ४७ अंकले घटेर दुुई सय ६४ दसमलव ४६ अंकमा झरेको छ । आज एक सय ६६ कम्पनीहरुको छ हजार पाँच सय ९३ वटा कारोवारमा १४ लाख ४१ हजार दुुई सय ७७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४६ करोड ८५ लाख ६० हजार तीन सय पुुगेको छ ।

आज नौ वटा समुहको मात्र कारोवार भएकोमा नेप्सेमा सबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ । सबैभन्दा उच्च अंकले आज बीमा समुहको सुचक घटेको छ । उक्त समुहको सुचक एक सय ७४ दसमलव ७६ अंकले घटेको छ । यी बाहेक बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुबित्त, जलबिद्युुत आदि समुहको सुचकमा पनि आज उच्च अंकले गिरावट आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको समता माईक्रो फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन रुपैयाँ ९६ पैसाले बढेर १२ सय ६० रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको नागवेली लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य सात रुपैयाँ ६६ पैसाले घटेर २५ सय ९० रुपैयाँमा कारोवार भएको छ । बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने आज मेगा बैंक अग्रस्थानमा परेको छ ।

सम्बन्धित शिर्षकहरु