
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताएका छन्। भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै मन्त्री यादवले सञ्चारकर्मीसँग खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताएका हुन्।
बिहीबार खड्काले जिम्मेवार विहिन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिए। उनले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचमा आफू पुगेको पनि स्पष्ट पारे।
मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि जिकिर गरे। मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले जनताको सेवा गरेर विगतमा गिरेको छवि माथि उठाउने काममा लागिपर्न पनि आयल निगम व्यवस्थापनलाई सचेत गराए।
राजनितिक संरक्षण विना अनियमिता नभएको बताएका हुन्। आयल निगमको जग्गा खरिद विवादमा परेका खड्काले मन्त्रालय तानिएको ९ महिनापछि राजीनामा दिएका हुन्। विवादित बनेको जग्गा खरिद प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेका छ। अव अख्तिायरले छानमिन टुङ्ग्याएपछि मात्रै जग्गा खरिदको प्रक्रिया अगाडी बढाउने मन्त्री यदवले बताएका छन्।








