काठमाडौं । आज विश्व वातावरण दिवस । हरेक वर्ष जुन ५ तारिकका दिन यो दिवस मनाउने गरिन्छ । ‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, पुनः प्रयोग गर्न नसेके बहिष्कार गरौं’ भन्ने नाराका साथ यसवर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । वन र वातावरणसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले आज कार्यक्रम गर्दैछन् ।
वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा आज भिडियो सन्देश दिंदै प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगव्याधी निम्त्याउने मात्र नभई बाढी, पहिरो, सुख्खा लगायतका प्राकृतिक प्रकोपले ठूलो धन जनको क्षति बढाउने बताए ।
‘विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ ।’
सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पुर्याउन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने बाटोमा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने तर्फ सबैलाई सचेत गराएका छन् ।
हेर्नुहोस् भिडियो सन्देश-
विश्व वातावरण दिवस (जून ५) का अवसरमा हार्दिक शुभकामना !
Nepal Communist Partyさんの投稿 2018年6月4日(月)








