
एजेन्सी । साउदी अरबका राजा सलमानले कतारलाई रसियाबाट हवाइ प्रतिरक्षा प्रणाली देशमा भित्राए सैन्य कारवाही गर्ने धम्की दिएको फ्रान्सको ली मोन्डी अखबारले बताएको छ । पछिल्लो वर्ष रसिया र कतारबीच सैन्य तथा प्राविधिक सहकार्यबारे सम्झौता भएको थियो । रसियाका लागि कतारका राजदूतले गएको जनावरीमा कतारले रसियाली एस ४०० क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने बताएका थिए ।
ली मोन्डी अखबारको अनुसार साउदीका राजा सलमानले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई पठाएको पत्रमा मस्को र दोहाबीचको सम्झौतामाथि आफ्नो गम्भिर ध्यानाकर्षण रहेको उल्लेख गरेका छन् । त्यस्ता प्रतिरक्षा प्रणालीलाई हटाउन साउदीले जुनसुकै आवश्यक कदमहरु चाल्ने पत्रलाई उदृत गर्दै अखबारले जनाएको छ ।
सलमानले क्षेप्यास्त्रको खरिदबिक्री रोक्न र उक्त क्षेत्रमा शान्ति कायम गर्न म्याक्रोनलाई सहयोगको आग्रह गरेका छन् ।








