
काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाल रहेको बेला गृहमन्त्री रहेका दान बहादुर शाहीको निधन भएको छ । ७६ वर्षका शाही श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका थिए ।उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
डोटीको मुम्राकोट घर भएका शाही को आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवारले बताएको छ ।








