अमेरिकी राष्ट्रपति ट्रम्पलाई नै अंग्रेजीमा समस्या

एजेन्सी । अंग्रेजीको भूतले आज धेरैलाई त्राहीत्राही बनाएको अवस्था छ । हामी मध्ये यस्ता धेरै छन् जो यो एउटै विषयको लागि दशकौं वर्षसम्म परिक्षाहलको चक्कर लगाइरहेका छन् । अंग्रेजीमा कमजोरीका कारण कतिपाय मानिसहरुमा हिनतावोध छ । तर यो समस्याले सामान्यको मात्र होइन विश्वका शक्तिशाली मानिसहरुको पनि पिछा छोडेको छैन ।

यो समस्या हो त्यो देशको राष्ट्रपतिको जुन देशमा बच्चा जन्मने वित्तिकै अंग्रेजी बोल्न शुरु गर्छन् । हाे उनी कोही नभएर सर्व शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । बारम्बार कुनै न कुनै विषयमा मिडियामा छाइरहने ट्रम्प यो पटक भने गलत अंग्रेजीको कारणले मिडियाहरुमा छाएका छन् ।

यस पटक उनलाई चर्चामा ल्याउने कारक तत्व उनको एउटा चिठ्ठी बनेको छ । जहाँबाट एक स्कूले शिक्षिकाले धेरै गल्तिहरु निकालेकी छिन् ।

अमेरिकी विद्यालयहरुमा गोलावर्षाको घटनामाथि केन्द्रित रहेर राष्ट्रपति ट्रम्पले शिक्षकहरुसँग एउटा बैठक राखेका थिए । यसका लागि उनले निमन्त्रणा पत्र पठाएका थिए । जब ६१ वर्षीया अवकासप्राप्त शिक्षिका याभोन्नी मेसनले उक्त चिठ्ठी इमेलमार्फत प्राप्त गरिन्त, तब त्यसलाई उनले प्रिन्टमा निकालेर हेरेपछि धेरै गल्तिहरु पहिल्याइन् ।

यति मात्र नभएर उनले त्यो चिठ्ठीलाई सुधारेर पठाउनका लागि उल्टै सुझावको साथमा ह्वाइट हाउसमा पठाएकी छिन् । साथै उनले फेसबुकमा पनि त्यसो कपी शेयर गरेकी छिन् ।

डोनाल्ड ट्रम्पको हस्ताक्षरसहितको उक्त पत्रमा भएका गल्तिहरु देखेपछि मानिसहरुले विभिन्न व्यांग्यात्मक प्रतिक्रियाहरु दिएका छन् । इल्सी कार्डोइनले लेखेका छन्, ‘यो अमेरिकी बच्चाको उदाहरण हो ।’ अर्का एकजनाले राष्ट्रपतिलाई वेल डन भनेका छन् ।

स्टिभ एम रेनहोल्डले सबै अमेरिकीहरुले आफ्नो श्रीमतीको नामको स्पेलिङ पनि थाहा नभएको व्याक्तिलाई राष्ट्रपतिको रुपमा पाएको थाहा पाएको लेखेका छन् ।

सम्बन्धित शिर्षकहरु