२० वर्षपछि उत्तर कोरियाको शीर्ष प्रतिनिधि अमेरिकी भ्रमणमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक प्रतिनिधिले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग न्युयोर्कमा भेटेका छन् । दुई देशका प्रतिनिधिले आगामी १२ जूनमा हुने भनिएको ऐतिहासिक शिखर सम्मेलनको बारेमा छलफल गर्न भेट भएको हो ।

चीनको भ्रमण हुँदै अमेरिका प्रस्थान गरेका किमका विशेष दूत गेन किम योङ चोलले पोम्पियोसँग खाना खाएका थिए । दुई दूतबीच आज बिहीबार पनि भेटवार्ता हुने बताइएको छ । उत्तर कोरियाको शीर्ष प्रतिनिधिको अमेरिकी भ्रमण यो बीस वर्षमा पहिलोपटक हो ।

बुधबार अपहरान्ह्र पोम्पियो र गेनबीच संयुक्तराष्ट्रसंघको हेडक्वाटर नजिकको एउटा भवनमा भेट भएको थियो । उक्त ऐतिहासिक वार्ताबारेको अन्य छलफल र योजनाहरु भने आज बिहीबारको वैठकमा हुने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु