
विराटनगर । साँढे ३३ किलो सुनकाण्डमा फरार रहेका र अभियुक्त मानिएका एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले बिहीबार जिल्ला अदालत मोरङमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । खत्री विमानस्थलमा कार्यरत रहँदा आफ्नै कार्यकक्षबाट सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको थियो।
पछिल्लो समय सम्पर्कविहीन भएका उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।








