
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दलालीतन्त्र र सिण्डिकेट अन्त्य नगरेसम्म विकास सम्भव नहुने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले आर्थिक र सांस्कृतिक क्रान्ति गर्ने बेला आएको बताउँदै भने, ‘दलालीतन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’
उनले भ्रष्टाचार, गुण्डागर्दी, आगुऔषध ओसारपसारले समाजमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरु अब नउम्किने बताए ।








