दक्षिण एसियाको पहिलो, एसियाको तेस्रो र विश्वको पाँचौं ठूलो पार्टीको रुपमा नेकपा

 

काठमाडौं । नेपालमा शक्तिशाली राजनीतिक शक्तिको रुपमा उदाएको नेपाल कम्युनिष्ट पार्टीको महत्व अन्तराष्ट्रिय जगतमा समेत स्थापित हुँदै गएको छ । दक्षिण एसियाको पहिलो, एसियाको तेस्रो र विश्वको पाँचौं ठूलो पार्टीको रुपमा नेकपा उदाएपछि नेपालभित्रका मात्र हैन, विश्वभरीका पुँजीवादी शक्तिहरु असिनपसिन भएको खबर प्राप्त भइरहेको छ । दुई तिहाई जनमतको प्रतिनिधित्व गर्ने नेकपा पार्टीगतरुपमा मात्रै होइन सरकारकोस्तरमा पनि दह्रोखह्रो उत्रिरहेको देखिन्छ । संसद, सरकारदेखि सडकसम्म नेकपाको प्रभाव क्षेत्रभित्र समेटिएको छ ।

नेपालमा मात्रै होइन, एसियाका समकालीन नेताहरुमध्ये नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई  डाइनामिक र करिम्याटिक नेता मानिन्छन् । कुशल वाकपटुता, चातुर्यता, गतिशीलता र जोखिम मोल्न सक्ने खुबीको कारण ओली र ्रचण्डसामु कांग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी दलका नेताहरुको नौनाडी फक्रक्कै गलेको देखिन्छ । पाँच वर्षसम्म कसैले हल्लाउन नसक्ने जस्तो देखिएको ओली सरकार २००७ सालपछिको बलियो सरकारको रुपमा स्थापित भएको छ ।

त्यसो त नेकपाले एकीकृत वाम आन्दोलनको दरिलो मूलधारकोरुपमा आफूलाई खडा गरेको छ । सरकार र पार्टीमा बलियो वर्चश्व कायम गरेको प्रधानमन्त्री ओली जनताका लागि काम गर्न चाहेमा समृद्धि र विकासको एजेण्डा लागू गर्न सक्नेछन् ।

शक्तिशाली कम्युनिष्ट पार्टी र सरकारभित्र खेलने वा तोडफोड गर्ने स्पेस नपाएपछि नेपाली कांग्रेस र उसको स्वदेशी विदेशी सहयोगी शुभेच्छुकहरु रन्थनिएको भरपर्दो सूचना साँघुले प्राप्त गरेको छ । खासगरी यतिबेला बाह्रबुँदे सहमतिका सूत्रधार र मतियार कांग्रेसी नेताहरु नाटकीयरुपमा ‘राष्ट्रवाद’को राइलो गर्दै नेकपाका अध्यक्ष प्रचण्ड र सरकारविरुद्ध जाइलाग्न थालेका छन् । तीमध्ये प्रतिनिधिपात्रको रुपमा कृष्ण सिटौला र अमरेशकुमार सिँह – संसददेखि सडकसम्म देशकाबारेमा नक्कली चिन्ता गर्दै व्यक्त गर्द उफ्रिएको देखेर जनताहरु तिछक्क परेका छन् । –साँघु साप्ताहिक

सम्बन्धित शिर्षकहरु