४ दिन लगाएर गोरेको बयान सकियो, आजै थुनछेक बहस

विराटनगर । साँढे ३३ किलो सुन प्रकरण र शनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) को बयान सकिएको छ। मोरङ जिल्ला अदालतमा ४ दिन लगाएर गोरेको बयान सकिएको हो। यस्तै आजै थुनछेक बहस थालिने जिल्ला अदालत, मोरङले जनाएको छ ।

उनको बयानलाई कुल ३७ पेजमा टिपिएको छ । गोरे लगायत समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लगाइएको छ ।

सम्बन्धित शिर्षकहरु