२२ वर्षपछि असार १ देखि सञ्चालनमा अाउँदै राजविराज विमानस्थल

काठमाडौं । प्रदेश नम्बर २ को सप्तरीस्थित राजविराज विमानस्थलबाट असार १ देखि नियमित उडान शुरु हुने भएकाे छ । स्तरोन्नतिसहित त्यहाँबाट असार १ गते देखि नियमित उडान हुन लागेकाे हाे । आज श्री एयरलाइन्समार्फत पर्यटन मन्त्री रविन्द्र अधिकारी राजविराज पुगेर शुभारम्भको घोषणा गरेका हुन् ।

भारतीय सीमा नजिक अवस्थित राजविराज विमानस्थल २२ वर्षपछि सञ्चालनमा आएको हो। २०२२ सालमा निर्मित विमानस्थल २०५२ सालदेखि बन्द थियो। जेट इन्जिनयुक्त सिआरजे विमानबाट श्री एयरलाइन्सले असार १ गतेदेखि काठमाडौं–राजविराजको रुटमा नियमित उडान गर्नेछ। यो रुटको उडान समय २४ मिनेट रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सम्बन्धित शिर्षकहरु