गोरेको बयान अझै जारी, अदालतबाटै जीवनरक्षाको माग

काठमाडौं । ३८ क्विन्टल  सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेको बयान विहीबार पनि जारी रहने भएको छ ।

जिल्ला अदालत मोरंगमा बुधबारबाट सुरु गरिएको जारी बयान नसकिएपछि  विहीबार उनको बयानले निरन्तरता पाउने भएको हो । अदालत स्रोतका अनुसार पहिलो दिन गोरेलाई बयानका क्रममा अभियोग पत्र र पृष्ठभूमिबारे जानकारी गराईएको थियो ।

बयानका क्रममा कम जवाफ फर्काएका गोरेसँग घटनाबारे सिन्धुलीसम्मको कुरा भएको बताईएको छ। बयानको क्रममा गोरेले जीवनरक्षाको माग गरेका छन् । उनले आफ्नो जीवन असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका हुन् ।

सम्बन्धित शिर्षकहरु