
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय, वालिङका अनुसार चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली पक्राउ गरेका हुन्।
उनीहरु विरुद्ध प्रहरीले मंगलबार मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अघि वढाएको छ। स्थानीयले दिएको सूचनाका आधारमा गाई काट्दै गरेको अवस्थामा मासुसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मुलुकी ऐन—२०२० को गौवध महल अनुसार गाई काट्नेलाई १२ वर्षसम्म जेल सजाय हुनसक्ने कानूनी प्रावधान छ।








