‘ माग सम्बोधन भए सरकारमा जान्छौं’

कैलाली । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफूहरुले उठाएको माग सम्बोधन भए सरकारमा जान सकिने धारणा व्यक्त गरेका छन् ।

संघीय प्रेस फोरमले मंगलबार कैलालीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘सरकार संविधान संशोधन गरेर संघीयता, गणतन्त्र र समावेशीतालाई बलियो बनाउने गरी अगाडि बढेमा र संघीय समाजवादी फोरमले उठाएका माग सम्बोधन भए यो सरकारमा गएर पनि सहयोग गर्न सक्छौं ।’

उनले सरकार संविधान संशोधन गरेर संघीयता, गणतन्त्र र समावेशीतालाई संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले सरकारले नीति तथा कार्यक्रमका बारेमा कुरा गर्दै हिँड्ने तर कार्यान्वयन गर्न नसके जनताको विश्वास टुट्ने बताए ।

नेपालमा संघीय कार्यप्रणाली अवलम्बन गरिए पनि कार्यकारिणी प्रदेश सरकारलाई अत्यन्त कमजोर बनाइएको आरोप लगाउँदै उनले भने, ‘प्रदेशभित्र रहेको प्रशासनिक संरचनाहरु, सुरक्षा निकायलगायतका प्रादेशिक संरचना प्रदेश सरकारका क्षेत्राधिकारभित्र अझ पनि आइसकेका छैनन ।’

सम्बन्धित शिर्षकहरु