वामदेव गौतमलाई महत्वपूर्ण सरकारी जिम्मेवारी दिने तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई सरकारले महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ । नेता गौतमलाई विकास निर्माण प्राधिकरणको जिम्मेवारी सरकारले दिन थालेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नेता गौतमलाई प्राधिकरणको जिम्मेवारी दिने सहमती गरिसकेको जनाइएको छ ।

नेता गौतम पार्टीमा पनि भूमिकाविहिन अवस्थामा रहनुभएकाले र उहाँले पनि विकास निर्माणमा निकै चासो दिनुभएकाले नेता गौतमलाई सो जिम्मेवारी दिन लागिएको बताइएको छ । सो जिम्मेवारी दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसमेत सहमत हुनु भएको पाइएको छ ।

सम्बन्धित शिर्षकहरु