काठमाडौं । भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीको खर्च १८ लाख उठेको छ । उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर चढेर जाजरकोट पुगेका थिए ।
२९ पुसमा उनीहरू जाजरकोट पुगेका थिए । एमआई १७ हेलिकोप्टरमा उनीहरू उडेको बिल १७ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ उठेको भन्दै निकासा गरिदिन स्वास्थ्य मन्त्रालयमा सेनाले बिल पेस गरेको छ ।
विनाऔषधि मन्त्री भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुग्दा बिरामीले भने आवश्यक सिटामोलसमेत पाएका थिएनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी १८ लाख खर्चेर मन्त्री र सचिवले जाजरकोट घुम्नुको प्रगति केही नभएको बताए । नयाँ पत्रिकामा समाचार छापिएको छ ।








