प्रधानमन्त्री ओली असार पहिलो साता चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा निस्कने भएका छन् । कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री ओली असारको पहिलो साता चीन भ्रमणमा निस्कन लागेका हुन् । स्रोतका अनुसार ओली असार ५ गते चीनतर्फ प्रस्थान गर्नेछन् ।

उनले भ्रमणको क्रममा चीनसँग विगतमा गरिएका सम्झौता कार्यान्वयनका विषयमा छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

सम्बन्धित शिर्षकहरु