चलचित्र निर्माता वाग्लेबाट बरामद नोट जाली,कारबाही अघि बढाउन राष्ट्र बैंकको निर्देशन

 

काठमाडौं । चलचित्र निर्माता माधवराज वाग्लेको कोठाबाट बरामद भएको नेपाली रुपैयाँ ‘नक्कली’ भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ। नोट जारी गर्ने आधिकारिक निकाय राष्ट्र बैंकले प्रहरीले बरामद गरेको २ करोड ६० लाख ६३ हजार रुपैयाँ जाली नोट भएको नेपाल राष्ट्र बैंकले पुष्टि गर्दै कानुनी प्रकृया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

एक हजार दरका १० वटा नोट परीक्षण गर्दा आधिकारिक नभई ‘जाली’ भएकाले राष्ट्र बैंकले पुष्टि गरेको हो । नोट प्रकरणमा राष्ट्र बैंकले प्रहरीलाई पत्रचार गर्दै ‘नेपाल राष्ट्र बैक ऐन, २०५८’ को दफा ६१, ९५ र ९६ समेत आकर्षिक भएकाले कारबाही गर्ने भनिएको छ। यसअघि २ जेठमा काठमाडौं–१, चारढुंगेस्थित वाग्लेको कोठामा छापा हान्दा प्रहरीले एक हजार दरको दुई करोड ५२ लाख रुपैयाँ बराबरको नोट बरामद गरेको थियो ।

उनले त्यो नोट फिल्म प्रायोजनका लागि भएको दाबी गरेका थिए । राष्ट्र बैंकले भनेको छ, ‘अदालतबाट कानुनी कारबाही प्रक्रिया अन्तिम किनारा लागेपछि राष्ट्र बैंकको ऐन, २०५८ को दफा ५७ को उपदफा ९४० मा भएको व्यवस्था बमोजिम सम्पूर्ण नोट यस बैंकमा दाखिला गर्नु पर्नेछ ।’ गत १ जेठमा काठमाडौं–२६, मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजा घरमा सुर्खेत घर भइ कमलपोखरी बस्दै आएका २४ वर्षीय महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा दिएको पैसामाथि सञ्चालकलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बोगटीलाई पक्राउ गरेपछि जाली नोटको कारोबारको जालो नै खुलेको हो। घटनामा वाग्लेसहित अन्य ६ जना पक्राउ परेका थिए ।

सम्बन्धित शिर्षकहरु