
काठमाडौं । हिन्दु धर्मलाई शैतान भन्दै क्रिश्चियन धर्म प्रचार गर्दै हिड्ने दुई जना प्रहरीको फन्दामा परेकाछन् । क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका भीम बहादूर प्रधान र नवीन कुमार मण्डल नाम बताउने दुईजना अपरिचित व्यक्ति जेठ५ गते शनिबार मोरंग प्रहरीको फन्दामा परेकाछन् ।
मोरंगको बेलबारी न.पा.-३,भगवती मार्गका घर घरमा घुसी ल्यापटप र अन्य प्रचारका सामग्रीको माध्यमले अनेक लोभ र प्रलोभन देखाउदै क्रिश्चियन धर्म प्रचार गर्ने अनि हिन्दु धर्मलाई शैतानको नाम दिने गर्दै गर्दा झगडा उत्पन्न भएको थियो ।
क्रिश्चियन धर्म परिवर्तन गर्न उक्साई रहेको जानकारी पाउनासाथ हिन्दुजागरण नेपाल ,मोरंगको बेलबारी नगरकमीटि की महिला संयोजक सीता सुवेदीको संयोजकत्वमा कमला देवी ढकाल(शर्मा),कमला घिमिरे,खगेश्वरी सुवेदी, दुर्गादेवी न्यौपाने, अन्जु घिमिरे,लीला लामिछाने, शंकर प्रसाद गौतम,सरस्वती खनाल,छत्र पति ढकाल,पदम बहादुर थापा, शेषराज घिमिरे,विकास गौतम, कृष्ण प्रसाद गुरागाई, भोला कार्की, सुमित्रा भुर्तेल ,मनकुमारी घिमिरे, पार्वती घिमिरे लगायत समितिका कार्यकर्ताहरु घटना स्थलमा पुगेका थिए ।
घटना स्थल पुग्दा ती दुवै क्रिश्चियन धर्म प्रचारले स्थानीय शंकर प्रसाद गौतमको घरमा ल्यापटापबाट क्रिश्चियन धर्मका प्रचार सामग्री बाइवल लगायत देखाई रहेको अवस्थामा रंगे हात पक्राउ गरि स्थानीय प्रहरीलाई बुझाएको हो । उनीहरुको सक्रियतासँगै प्रचारकहरु भाग्न खोजेका थिए ।
उनीहरुले स्थानिय प्रहरीलाई एक निवेदन दिदैँ जवरजस्ती धर्म प्रचार गर्नेहरुलाई कानुन अनुसार कारबाही गर्न अनुरोध गरेकाछन् ।
घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








