विस्वास पात्र ‘सेट’ गर्ने ओलीको रणनिति,पौडेलको छलाङ ,निशानामा किन परे पोखरेल ?

काठमाडौं । दुवै पार्टीको एकीकरण पछि एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेलको उदय भएको मानिएको छ । नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका पौडेल पछिल्लो समय ओलीको निकट रहेर काम गरेका छन् । स्याङजामा जन्मिएका पौडेल रुपन्देहीको बुटवलका चर्चित नेता हुन् । बुटवलबाट चुनाव जितेका पौडेल यस अघि पाल्पाबाट चुनाव जितेर मन्त्री बनेका थिए । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री समेत बनेका पौडेल र ओलीको निकटता त्यसपछि झन् बढेको बताइन्छ । प्रदेश ५ बाट लुम्बिनी अंचललाई टुक्राउन हुदैन भन्ने आन्दोलनको नेतृत्व गरेका पौडेललाई सो आन्दोलनमा विशाल जनता उभ्याएर लुम्बिनी अंचललाई टुक्राउनबाट बचाएको जस जाने गर्दछ ।

०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी सदस्य बनेका थिए ।पौडेल ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका थिए ।

२०५१ को निर्वाचनमा पाल्पा क्षेत्र नम्बर ३ बाट विजयी भएका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । २०५६ मा उनी रुपन्देहीबाट चुनाव लडेका पौडेल झिनो मतअन्तरले पराजित भएका थिए । ०६४ सालदेखि भने सोहि क्षेत्रबाट लगातार विजयी हुदै आएका छन् । २०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री र ओली पहिलो पटक प्रधामन्त्री बनेको बेला पौडेल अर्थमन्त्री बनेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी बन्दा माओवादी एमालेमा विलय भयो भन्ने चर्चा एकातिर हुदै गर्दा एमालेकै नेताहरुमा पनि पौडेलको उदय र पोखरेलको पतनको रुपमा पनि हेरिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्ना विस्वास पात्रहरुलाई सहि ठाउमा ‘सेट’ गर्ने श्रंखलाको रुपमा पौडेलको उदयलाई लिइएको छ । भने आफुलाई विगतमा धोका दिने र आफ्नो विरोध गर्नेहरुलाई साइड लगाउने क्रममा पछिल्लो शिकार रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल बनेका छन् । यसअघि एमालेका तत्कालिन सचिव योगेश भट्टराईलाई मन्त्री नबनाउदा पनि ओलीसँग योगेशको सम्बन्ध नै प्रमुख करण भएको बताइएको थियो ।

त्यस्तै यसअघि मुख्यमन्त्रीको छनौटमा प्रदेश एक मा शेरधन राई, तीनमा डोरमणि पौडेल, प्रदेश ५ मा शंकर पोखरेल, त्यस्तै राष्ट्रिय सभाको अध्यक्ष हुदै आफ्ना विस्वास पात्रहरुलाई सहि ठाउमा ‘सेट’ गर्ने ओलीको रणनिति अहिले पौडलसम्म आइपुगेको छ ।

सम्बन्धित शिर्षकहरु