
काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अान्तिरक छलफलमा जुटेका छन् । केन्द्रीय कमिटीलाई पूर्णता दिन नेतृत्वले आन्तरिक तयारी तीव्र पारेको बताइएको छ । नेकपाले तीन महिनाभित्र पार्टीका जनवर्गीय संगठन व्यवस्थापन गरिसक्ने जनाएको छ ।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र नौ सदस्यीय सचिवालय रहको एकिकृत पार्टीमा तत्कालिन एमालेबाट २ सय ४१ र तत्कालिन माओवादी केन्द्रबाट २ सय सदस्य रहने व्यवस्था छ । यस सहमति अनुसार यसअघि एमालेको १९६ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरू स्वतः नयाँ पार्टीको केन्द्रीय सदस्यमा परेका छन् भने अपुग ४५ जनाको नाम टुङ्गो लाग्ने प्रक्रिया छ । अब १ सय ८५ को नाम टुंगो लगाउन बाँकी छ ।








