
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध दिल्ली डेयरडेभिल्सले २४ रनको विजय निकालेको छ । उक्त खेलमा आफ्नो आइपिएल करिअरमा दोस्रो खेल खेलका नेपाली लेग स्पिनर सन्दीप लामिछालेले आफ्नो उत्कृष्ट बलिङलाई निरन्तरता दिएका छन् । आईपीएल अन्तरगत शुक्रबार राति फिरोज शाह कोट्लामा भएको खेलमा टस हारेर दिल्लीले पहिले ब्याटिङ गर्दै १६३ रनको चुनौती दिएको थियो ।
खेलमा सन्दीपले कसिलो र किफायती बलिङ गरे । दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्लामा टस हारेर पहिले ब्याटिङ गर्दै १६३ रनको चुनौती पाएको चेन्नईले जवाफी ब्याटिङको क्रममा २० ओभरमा ६ विकेट गुमाउँदै केवल १२८ रन मात्र जोड्यो । दिल्लीको फराकिलो जितका लागि दिल्लीका बलरहरुले पनि उत्कृष्ट प्रदर्शनको पनि महत्वपूर्ण भूमिका रह्यो ।
प्लेअफबाट बाहिरिसकेको अवस्थामा दिल्लीका लागि प्रतिष्ठाको जित दिलाउने क्रममा नेपाली लेग स्पिनर १७ वर्षीय सन्दीप लामिछानेले दोस्रो किफायती बलिङ गरे । उनले चेन्नईका दिग्गज ब्याट्म्यानहरुलाई खुलेर खेल्न नसक्ने अवस्था सिर्जना गरे । सन्दीपले ४ ओभर बलिङ गर्दै केबल २१ रन मात्रै खर्चिए । उनले १८ बलमा १५ रन बनाएको अवस्थामा सुरेश रैनाको विकेट लिन सफल भए । दिल्लीका लागि न्यूजील्यान्डका बलर ट्रेन्ट बोल्टले समान ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर २ विकेट लिए ।
यअसघि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर पार्थिव पटेलको विकेट लिएका थिए । उनले यसपटक पहिलाभन्दा किफायती बलिङ गरे । उनले प्रख्यात क्रिकेटर तथा चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीविरुद्ध गरेको किफायती बलिङको सबैले प्रशंसा गरे । धोनीविरुद्ध सन्दीपले ११ औँ ओभरमा बलिङ गरेका थिए । धोनीका पार्टनर ब्याट्सम्यान सुरेश रैनाविरुद्ध पनि सन्दीपले शक्तिशाली बलिङ गरे ।
उनले ११ औँ ओभर बलिङ गर्दै दुवै ब्याट्सम्यानलाई प्रत्येक बलमा केबल १–१ रन मात्रै बनाने मौका दिए । यसअघि दोस्रो ओभरमा सन्दीपले शेन वाट्सनविरुद्ध बलिङ गर्दै केबल २ रन मात्रै दिएका थिए ।
सन्दीपले सुरेश रैनालाई १३.१ ओभरमा पेभेलियन पठाए भने उनकै बलमा लामो सट प्रहार गर्न खोज्दा रैना क्याच आउट हुन पुगे । सन्दीपले यसअघि व्यक्तिगत दोस्रो ओभरमा ६ रन दिएका थिए । उनले दोस्रो ओभरमा महेन्द्रसिंह धोनी र सुरेश रैनाविरूद्ध बलिङ गरेका थिए । सन्दीपको बलमा रैना र धोनीले ३–३ रन जोडे ।
सन्दीपले आफ्नो चौथो ओभरमा भने रवीन्द्र जडेजाको चुनौती व्योहोरे । उनले १६ औँ ओभरमा बलिङ गर्दा लगातार जडेजाले छक्का र चौका हाने भने धोनीले एक रन लिए । आफ्नो चौथो ओभरमा सन्दीपले एक छक्कासहित ११ रन खर्चिए ।






