सैनिकबाट बलात्कृत ४८ हजार रोहिंग्याले यसै वर्ष बच्चा जन्माउने

एजेन्सी । म्यानमार सैनिकहरुको यौन हिंसाका पीडित ४८ हजार रोहिंग्या महिला र युवतीहरु हाल विश्वकै ठूलो रोहिंग्याहरुको शरणार्थी शिविरमा गर्भावस्थामा रहेको रोहिंग्या स्वयमसेवक तथा विशेषज्ञहरुले बताएका छन् । स्वयमेवकहरु हाल उक्त शिविरहरुमा सरसफाइ कार्यमा जुटेका छन् ।

विशेषज्ञ र रोहिंग्या स्वयमसेवकहरु उक्त शिविरमा लाजले गर्भ लुकाउने महिलाहरुको समय समयमा खोजी गरिरहेका छन् । विशेषज्ञहरुले महिलाहरुमा भएको डर र लाजले बच्चा र आमाको ज्यान जोखिममा रहेको बताएका छन् ।

पछिल्लो वर्षको अगस्टमा म्यानमार सरकारले सैन्य कारवाही चलाएपछि सात लाख रोहिंग्याहरु बंगलादेशतर्फ भागेका थिए ।

सैनिकको यौन हिंसामा परेर गर्भवती भएका महिलाहरुको यकिन संख्या भने अझैसम्म थाहा पाइएको छैन । तर मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघका महासचिव रहेका एन्ड्रयु गिलमौरका अनुसार पछिल्लो वर्षको अगस्ट र सेप्टेम्बरमा भएका अनियन्त्रित यौन हिंसाका कारण त्यहाँ चाढै नै बच्चा जन्मने श्रृंखला चल्ने छ ।

एक आंकडाको अनुसार यो वर्ष ४८ हजार महिलाहरुले शिविरमा बच्चा जन्माउने छन् ।

रोहिंग्या समुदायका नेता अब्दुर रहिमले आफुले व्याक्तिगतरुपमै चिनेका सैनिकहरुको यौन हिंसामा परेका  दुई महिलाहरुले यसै महिना बच्चा जन्माउन लागेको बताए । साथै उनले अन्य धेरै महिलाहरु त्यही अवस्थामा रहेको हल्लाहरु सुनेको पनि बताए । ‘म्यानमार सैनिकहरुले तिनीहरुलाई बलात्कार गरे र यी बच्चाहरु नै तिनीहरुको अपराधको प्रमाण हुन् ।’ अब्दुरले भने ।

मोडिकल स्यान्स फ्रोन्टिर्स एक्लैले मात्र ९ देखि ५० वर्षबीचका ३११ जना बलात्कार पीडितहरुको उपचार गरेको संस्थाकी अधिकारी मिर्केला क्रेयीले बताइन् ।

तर म्यानमार सैनिक प्रमुखले भने ती अल्पसंख्यक मुस्लिम महिलाहरुलाई बलात्कार गरेको भन्ने आरोपलाई अस्वीकार गरेका छन् ।

सम्बन्धित शिर्षकहरु