
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले जिम्मेवार व्यक्तिले कूटनीतिक मर्यादा, राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन् ।
सोमबार व्यवस्थापिका संसदमा बोल्दै नेता रावलले प्रदेश नम्बर २ का मुख्यमन्त्रीले मोदीको अभिनन्दनमा दिएको अभिव्यक्तिलाई इंकित गर्दै जिम्मेवार व्यक्तिले कूटनीतिक मर्यादा, राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिन नहुने बताएका हुन् ।
उनले कूटनीतिक मर्यादामाथि खलल पार्ने काम अब पुनरावृति हुन नहुने बताए । नेता रावलले हामीसँग भएका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीजस्ता धार्मिक स्थलहरुबाट पर्यटन विकास गर्न सकिने उल्लेख गरे ।
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए ।








