युभेन्ट्सको सानदार जित

एजेन्सी । गएराति भएको इटालियन लिग सेरिया ए मा इन्टर मिलान युभेन्ट्ससँग ३-२ गोलले पराजित भएको छ । खेलको १३ औ मिनेटमा युभेन्ट्सका लागि डगलास कोस्टाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको १५ औ मिनेटमा नै भेसिनोले रातो कार्ड खाएपछि इन्टर मिलान थप समस्यामा परेको थियो ।

तर, दोस्रो हाफमा इन्टरले सानदार कमव्याक गर्यो । इन्टरका लागि इकार्दीले खेलको ५२ औ मिनेटमा बराबरी गोल फर्काए । खेलको ६५ औ मिनेटमा बरजाग्लीले आत्मघाती गोल गर्दा इन्टर मिलानले अग्रता लिन पुग्यो । तर, खेलमा त्यसपछि युभेन्ट्सले अग्रता लियो । युभेन्ट्सका लागि हिगुइन र मिलानले गोल गर्दा इन्टर मिलान पराजित हुन पुग्यो ।

यो जितसँगै युभेन्ट्सको ३५ खेलमा ८८ अंक भएको छ । इन्टरको ६६ अंक रहेको छ ।

सम्बन्धित शिर्षकहरु