
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा तीन सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७६० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।








