
काठमाडौं । सभामुख कृष्णबहादुर महराले अाफुले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिइसकेको बताएका छन् । संसदीय मामिला पत्रकारसँगको भेटघाटमा अाज महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिइसकेको बताएका हुन् ।
सभामुख सबैको साझा हुनुपर्ने भएकाले पार्टीगत जिम्मेवारीबाट राजीनामा दिने चलन रहेको उनले स्पष्ट पारेका छन् । सभामुख महराले २ वर्षभित्र संसदको आफ्नै भवन सिंहदरबारभित्रै बनाउने पनि जानकारी दिए ।








