डीआईजी रमेश खरेलद्वारा राजीनामा

काठमाडौं । प्रहरी नायब महानिरीक्षक(डीआईजी)रमेश खरेलले राजीनामा दिएका छन् । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी खरेलले बुधबार राजिनामा दिएका हुन् । उनले प्रहरी प्रधान कार्यालयको कार्यविभाग शाखा पुगेर राजीनामा बुझाएका हुन् ।

‘प्रहरी संगठनमा प्रहरीमात्र भइरहन जागिर खाइरहनु पर्दैन,’ राजीनामा दिँदै खरेलले भने,‘ प्रहरी संगठन र देशका लागि मेरा केही सपना थिए जो पूरा गर्न नसक्ने भए त्यसैले राजीनामा दिए ।’ नेपाल प्रहरीका ‘हिरो’ प्रहरी अधिकृतका रुपमा चिनिएका खरेललाई डिआईजी बढुवामा पछि पारिएको थियो। एसएसपीमा पहिलो नम्बरमा रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो नम्बरमा डिआईजीमा बढुवा गरेको थियो। त्यसअघि उनी सधैं आफ्नो ब्याचमा एक नम्बरमा बढुवा हुँदै आएका थिए। सरकारले त्यसबेला पहिलो नम्बरमा बढुवा गरेका सर्वेन्द्र खनाल सोमबार आईजिपीमा बढुवा भए।

खनालले भने खरेललाई फोन गरेर राजिनामा नदिन आग्रह गरेका थिए। खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवा प्रबेश गरेका थिए। १० महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा उनी ‘पहिलो हिरो’ का रुपमा चिनिन्छन्।

सम्बन्धित शिर्षकहरु