काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक सरकार गठन गरेको छ। नयाँ शक्तिको प्रदेश ५ को नेपालगञ्जमा सम्पन्न प्रदेश बैठकले वैकल्पिक सरकार निर्माण गरेको हो। केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न गठन गरिएको वैकल्पिक सरकारमा प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ।
जसअनुसार आन्तरिक मामिला तथा कानुन विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली, उद्योग पर्यटन तथा वातावरण विभागमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभागमा सीमा विक एवं भौतिक पूर्वाधार विकास विभागमा राम लौटन तिवारीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै बैठकले प्रदेश ५ अन्तर्गतका विभिन्न जिल्लाहरूको इन्चार्ज चयन गरेको छ। निर्णय अनुसार नवलपरासीमा चिनक कुर्मी, पाल्पामा यज्ञ पोखरेल, कपिलवस्तुमा नारायण खनाल, प्युठानमा जिएस गुरुङ, पूर्वी रुकुममा राखीराम घर्ती, दाङमा हरि रिजाल, बाँकेमा हिक्मत विक र बर्दियाको इन्चार्जमा केशव पौडेल रहेका छन्।
रुपन्देही, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा इञ्चार्ज पछि तोकिने नयाँ शक्तिले जनाएको छ। बैठकले बैठकले १५१ सदस्यीय प्रदेश परिषद् गठन गर्नुका साथै कार्यकारी समिति, विज्ञ परिषद् र संरक्षक परिषद रहने गरी १०१ सदस्यीय प्रदेश अधिवेशन आयोजक समितिसमेत गठन गरेको छ । नेपालगञ्जमा मंगलबार सम्पन्न बैठकले प्रदेश ईन्चार्ज, संयोजक, कार्यालय प्रमुख, जिल्ला ईन्चार्जहरु, प्रवक्तालगायत केन्द्रीय कार्यकारी सदस्यहरु रहने गरी २१ सदस्यीय प्रदेश सचिवालय गठन गरेको छ ।
त्यस्तै बैठकले प्रदेश ५ अन्तर्गतका विभिन्न जिल्लाहरुको ईन्चार्ज चयन गरेको छ । जस अनुसार नवलपरासीमा जिल्ला ईन्चार्ज चिनक कुर्मी, पाल्पामा यज्ञ पोखरेल, कपिलवस्तुमा नारायण खनाल, प्यूठानमा जिएस गुरुङ, पूर्वी रुकुम राखीराम घर्ती, दाङमा हरि रिजाल, बाँकेमा हिक्मत विक र बर्दियाको जिल्ला ईन्चार्जको जिम्मेवारी केशव पौडेललाई दिइएको छ । त्यस्तै रुपन्देही, गुल्मी, अर्घाखाँची लगायतका बाँकी जिल्लाहरुमा जिल्ला ईन्चार्ज पछि तोकिनेछ ।
बैठकले पार्टीका गतिविधिहरुलाई व्यस्थित ढंगले संचालन गर्न र संगठन विस्तारका लागि विभिन्न विभागहरु गठन गरेको छ । पार्टीको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभाग प्रमुखमा छन्द बहादुर पन्थी, प्रवक्ता/प्रचार/प्रशिक्षण विभाग प्रमुखमा मनिकर कार्की, अनुशासन/मूल्याङ्कन/अनुशासन एवं सदाचार विभाग प्रमुखमा विष्णुहरी शर्मा, राष्ट्रिय मामिला विभागमा बोम दर्लामी, आंगिक संगठन विभागमा विमल गिरी, विज्ञ परिषद् संयोजकमा केशव नेपाली, उत्पादन तथा स्वरोजगार विभागमा हरि रिजाल, कार्यालय प्रमुखमा कमल खनाललाई चयन गरेको छ । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारका काम कारबाहीमा निगरानीका लागि भन्दै छायाँ सरकार बनाउने निर्णय गरेको थियो।








