काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युरिपियन युनियनद्वारा सार्वजनिक निर्वाचन सम्बन्धि प्रतिवेदन प्रतिशोधपूर्ण रहको बताएका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले ८० प्रतिशत मतदान भएको देशका बारे ६० प्रतिशतपनि मत खसाउन नसक्ने देशको युनियनले प्रश्न उठाउने अधिकार नभएको टिप्पणी गरे। ‘पहिला हाम्रो जति मत खसाएर देखाउन् अनि हामीलाई अधिकारका कुरा सिकाउन्’, ओलीले भने।
प्रतिवेदनबाट नेपाली जनताले हेपिएको महशुस गरेको बताउँदै उनले धर्म प्रचारकलाई फिर्ता पठाइएको बदलामा इयुको प्रतिवेदन आएको दावी गरे। ‘अनुगमनको नाममा धर्म प्रचार गर्नेलाई हामीले फिर्ता पठाएपछि प्रतिशोध साँध्न यस्तो प्रतिवेदन ल्याइएको हो’, उनले भने,‘इयुको प्रतिवेदनबाट मैले हेपिएको महशुस गरेको छु, नेपाली जनताले हेपिएको महशुस गरेका छन्।’
उनले इयुलाई आफ्नो प्रतिवेदन सच्याउन आग्रहसमेत गरे। ओलीले नेपाल सार्वभौम मुलुक भएको हेक्का इयुलाई हुनुपर्ने भन्दै आक्रोश पोखे,‘प्रतिवेदन सच्याउला भनेको त उल्टै निहुँ खोज्दैछ।’








