किन बोलाए ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा झिकाएका छन् ।प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथा न्यायाधिवक्तालाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन सोमबार पत्राचार गरिएको जानकारी दिएको छ ।

प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले आवश्यकताअनुसार सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई बोलाएका हुन् । (अन्नपूर्ण पोष्ट दैनिक)

सम्बन्धित शिर्षकहरु