अष्ट्रेलिया । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले विश्वका सबैभन्दा बढी खुशी राष्ट्रहरुको सूचीमा सार्वजनिक गरेको छ । जनताको आय, स्वतन्त्रता, विश्वास, सुरक्षा, स्वास्थ्य, जीवनको सम्भाव्यता, सामाजिक सहकारिता र उदारतालाई आधार बनाएर सार्वजनिक गरेको सूचीमा अष्ट्रेलिया दशौ स्थानमा आएको छ।
यस सूचीमा गत वर्ष पहिलो नम्बरमा आएको नर्वे यो वर्ष दोस्रो नम्बरमा झरेको छ भने फिनल्याण्ड पहिलो नम्बरमा उक्लिएर विश्वकै सबैभन्दा खुशी राष्ट्रको परिचय बनाउन सफल भएको छ।
उक्त रिपोर्टमा उल्लेख भए अनुसार नेपाल विश्वकै खुशी राष्ट्रहरुको सूचीमा ९९ औं स्थानमा आएको छ । गत वर्ष ११८ औं स्थानमा रहेको भारत, यो वर्ष झन् तल झर्दै १२२ औं नम्बरमा आएको छ। त्यस्तै पाकिस्तान ८० औं स्थानमा, भुटान ९७ औं स्थानमा, बंगलादेश ११० र श्रीलंका १२० मा पर्न सफल भएका छन् ।
विश्वका सबैभन्दा बढी खुशी १० राष्ट्रहरु :
१. फिनल्याण्ड
२. नर्वे
३. डेनमार्क
४. आइसल्याण्ड
५. स्विजरल्याण्ड
६. नेदरल्याण्ड
७. क्यानडा
८. न्युजिल्याण्ड
९. स्विडेन
१०. अष्ट्रेलिया







