बि.स.२०७४ चैत्र ०४ गते । आईतबार । ईश्वी सन् २०१८ मार्च १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि प्रतिपदा,३० घडी ४८ पला,बेलुका ६ बजेर ३५ मिनेट उप्रान्त द्धितिया । नक्षत्र उत्तरभाद्रपदा,३५ घडी १८ पला,बेलुकी ८ बजेर २३ मिनेट उप्रान्त रेवती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाई लेखाईमा राम्रा प्रगति गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँने तपाईको निर्णयको सबैतिर चर्चा हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा समय दिए पनि अरुनै कामको प्रेसरलो प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुँने हुँदा मन प्रशन्न हुँनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाफा कमाउन सकिनेछ । सन्तान तथा आफन्त सँग मनमुटाब सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुँन सक्छ । व्यापार व्यावसायमा नाफा कमाउँन निकैनै संघर्ष गर्नुपनर्पेछ भने पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । समयको माग अनुशार नचल्नाले दुख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिकि गुजार गर्न गाह्रो हुँनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुँनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।








