राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : उम्मेद्वारी दर्ता अाज, यस्तो छ प्रकिया

काठमाडाैं ।   राष्ट्रिय सभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । उम्मेदवारमाथिको दाबीविरोध पछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

आउँदो ३० गते राष्ट्रियसभा अध्यक्षको चुनाव हुँदैछ । प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा संघीय कानुन बमोजिम प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक जना दलित तथा एक जना अपांगता भएका वा अल्पसंख्यकसहित ८ जना गरी ५६ जना सांसद चुनिने संविधानको धारा ८६ मा व्यवस्था छ । ५९ सदस्यीय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा एक महिलासहित तीनजना मनोनित हुने व्यवस्था छ ।

सम्बन्धित शिर्षकहरु