महिला पत्रकारको ५ जनाको टोली सगरमाथा अारोहणमा

काठमाडौं ।  नारीहरुको सृजनात्मक,सामाजिक र साहशिक कार्यहरुलाई चर्चा,परिचर्चा र सहयोग मिलोस् भन्ने ध्येय राखि विगत दुई वर्षदेखि उमा सुवेदी,कुमारी लामा र डा अर्चना थापाले शुरुअात गरेको क्रियाशिल `अाह्वान´समूहले अाज मार्टिन चौतारी,ववरमहलको हलमा सगरमाथा अारोहणको लागि तयारी अवस्थामा रहेका ५ जना महिला पत्रकार सँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्यो।डा.अर्चना थापाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मानव अधिकार अायुक्त मोहना अञ्सारी,राष्टृिय सूचना अायोगकी यशोधा तिम्सिना,पासाङ्ग ल्हामु फाउण्डेशनकी उपाध्यक्ष लाक्पाफुरी शेर्पा,नारी अधिकार कर्मी अमृता लम्साल,सञ्चारकर्मी चन्दा विष्ट,लेखक सरस्वति विष्ट लगाएतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

सगरमाथा चढ्नु एक त अाफैमा जोखिम काम त्यसमाथि परिवारको अनुमति देखि लिएर अार्थिक व्यवस्थापनका पक्षमा अाएका समस्या र अाँफूले भोग्नु परेका चुनौति र समाधानका वारेमा अारोहणको लागि तयारी अवस्थामा रहेका सदस्यहरु कल्पना महर्जन,रोशा वस्नेत,रोजिना वज्रचार्य र प्रीयालक्ष्मीले अा अाफ्ना अनुभवहरु सुनाएका थिए।यस्ता साहशिक कार्य गर्नको लागि अभिभावकले जति माया गर्यो त्यति नै अाफ्नो अभियानमा समस्या अाउने,अाफन्त र छिमेकीहरुको दवाव जस्ता कुराले झनै हतोत्साहित वनाउने जस्ता विविध समस्याहरु वताएका थिए।

अाफूहरु पत्रकारिता जस्तो समाजको सजक र जिम्मेवार विधा अँगालेको भएको हुदा सगरमाथा चढ्दा पत्रकारिताको धर्म निभाउने,नसुनिएका र नभनिएका कथाहरु ल्याउने,देखेका कुरा वोलेर र लेखेर समाज सम्म पुर्याउन सकिने जस्ता प्रतिवद्धता निकट भविस्यमै सगरमाथा अारोहणमा जान लागेका सदस्य टोलीहरुले गरेका थिए।

सोही अवसरमा पासाङ्ग ल्हामु शेर्पाले अाँफु विभिन्न कार्यक्रमको शिलशिलामा विदेशमा जाँदा सगरमाथाको विषयमा वनाइएका चलचित्र र वृत्तचित्रहरु हेरेको तर सवैमा नेपाली सहयोद्दाहरुको योगदान माथि वेवास्ता गरी मानव अधिकार हनन् भएको कुरा वताउनुभएको थियो।

सम्बन्धित शिर्षकहरु