
काठमाडौं । विश्वकप छनोटमा टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक कटाएका छन् । खड्काले ५८ रन जोड्न ८ चौका र एक छक्कासहित ६१ बल खर्चिएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्लले ५८ बल खर्चिएर २ चौकासहित १९ रन जोडका छन् । २३ औं ओभरमा खेलिरहेको नेपालले एक विकेट गुमाएर ८१ रन जोडेको छ ।
खेल जिम्बावेको बुलावायो एथलेटिक मैदानमा भइरहेको छ । नेपाली टोलीमा दिलिपनाथको स्थानमा अनिलकुमार साह आएका छन् भने शरद भेष्वाकरको ठाउँमा करण केसी आएका छन् । नेपाली टोली अफगानिस्तानलाई दबावमा राख्ने रणनीतिअनुसार मैदानमा उत्रिएको छ । विश्वकप छनौटमा लगातार तीन खेल गुमाएको अफगानिस्तानले पछिल्ला खेलहरुमा केही सुधार ल्याएको छ । नेपालविरुद्ध जित निकाले अफगानिस्तानको सुपर सिक्समा पुग्ने सपना ब्युँतन्छ ।
सुपर सिक्समा पुग्नका लागि नेपालले भने अफगानिस्तानसँगको आजको खेल र सोमबार हङकङसँग सोमबार हुने दुवै खेल जित्नुपर्ने हुन्छ ।






