‘भ्रष्टाचारीलाई जेल हालिन्छ’

रौतहट । नेकपा एमालेका नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताएका छन् । जिल्लाको यमुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उनले भने, ‘यदि कसैले भ्रष्टाचार गरेको छ भने अहिले नै फिर्ता गर नत्र पछि कुनै शीप लाग्दैन पछुतोमा पर्ने छ ।’

स्थानीय निकायमा राम्रो काम गर्नेलाई पुरस्कार र भ्रष्टाचार गर्नेलाई जेल हाल्ने वाम सरकारको योजना रहेको उनले प्रस्ट पारे । गौर गरुडा चन्द्रपुर सडकखण्डको उदाहरण दिँदै उनले आज शिलान्यास भएको विभिन्न ठाँउका ५२ किलोमिटर कालोपत्रे सडक पनि त्यस्तै मजबूत बनाउन ठेकदार र कर्मचारीको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभा सदस्य प्रभू साहले निर्वाचनअघि आफूले सार्वजनिक गरेको घोषणापत्रमा यस क्षेत्रलाई धुँवारहित बनाउने योजनाअनुसार दुईसय परिवारलाई ग्यास सिलिण्डर, ग्यास र चुल्हो वितरण गरेको बताए ।

सम्बन्धित शिर्षकहरु