
काठमाडौँ । राजपा नेपालले राष्ट्रपतिय चुनावमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको हो । वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएका कारण राजपाले यस्तो निर्णय लिएको हुनसक्ने बताइएको छ ।
यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा भण्डारी र नेपाली काँग्रेसकी लक्ष्मी राईले प्रतिष्पर्धा गर्दै छन् ।








