
काठमाडौं । सयपत्री हाइड्रोपावरले प्रतिकित्ता सय रुपैंया अंकित ९ करोड रुपैंया बराबरको ९ लाख कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । सेयर निष्कासनका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सेयर निष्कासन सम्बन्धीसम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।
कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ । कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेर उत्पादन समेत थालिसकेको छ ।








