राष्ट्रिय सभा अध्यक्ष निर्वाचन ३० गते हुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले बैठकले यही फागुन २६ गते सभामुख निर्वाचनको मिति तोकेको छ । यस्तै बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तोकेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिइन् । प्रतिनिधि सभाको अर्को बैठक फागुन २६ गते अपराह्न १ बजे बस्नेछ ।

 

सम्बन्धित शिर्षकहरु