
काठमाडौं । वाम गठनबन्धनको समर्थनमा रहेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आज थप विस्तार हुने भएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम लगभग टुङ्गो लगाएपनि हालसम्म सार्वजनिक गरेका छैनन् ।
स्रोतका अनुसार सरकारले आज ११ जना मन्त्री थप्ने भएको छ । यससँगै मन्त्रीको संख्या १३ पुग्ने छ । यस अघि प्रधानमन्त्रीले सपथ लिंदा नै लालबाबु पण्डित र थममाया थापालाई मन्त्रीमा नियुक्त गरिसकेका छन् ।
स्रोतकाअनुसार अर्थमा एमालेका महासचिव इश्वर पोखरेल र गृहमा माओवादी केन्द्रका रामबहादुर थापाले नेतृत्व सम्हाल्ने पक्कापक्की भएको छ ।
१७ सदस्यीय मन्त्रिमण्डल हुने भनिएकोमा ४ वटा मन्त्रालय खाली राखिने भएको छ । फोरमलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेकाले आजै सबै मन्त्री नतोकिने उच्च स्रोतले जानकारी दिएको छ ।








