फरार सांसद रेशम चौधरीले आदलतसामू गरे आत्मसमर्पण

धनगढी, । टीकापुर घटनापछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका सांसद रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) बाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा विजयी भएपनि उनले हालसम्म चुनाव जितेको प्रमाणपत्र भने पाएका छैनन् ।

कैलालीको टीकापुरमा २०७२ भदौ २७ मा भएको हिंसामा एसएसपीसहित ७ प्रहरी र एक बालकको हत्या भएको घटनामा संलग्न चौधरीलाई प्रहरीले फरार अभियुक्त बनाई दायर गरेको मुद्दा कैलाली जिल्ला अदालतमा विचाराधीन छ। घटनाको मुख्य योजनाकार भएको दाबी गर्दै उनी विरूद्द मुद्दा परेपनि उनले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

सम्बन्धित शिर्षकहरु