मैदानमा उठ्न नसक्ने गरी पछार्रीए नेमार, स्ट्क्चरमा राखेर मैदान बाहिर (भिडियो सहित )

 । फ्रेन्च लिगा फुटबलमा मार्सेली विरुद्ध खेलको ७६अाैं मिनेटमा मार्सेलीका मिडफिल्डर बोना सरसँग बलअघि बढाउने क्रममा जुधेपछि पेरिस सेन्ट जर्मेन(पीएसजी)का स्ट्राइकर नेमार घाइते भएका छन्। उनको कुरकुच्चामा चोट लागेर उठ्न नसक्ने भएपछि उनलार्इ स्ट्क्चरमा हालेर मैदान बाहिर ल्याउनु परेको थियो।

 चिकित्सहरुले उनको उपचारपछि भने उनलार्इ गम्भिर रुपमा चोट नलागेको बताएका छन्। च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको रियल मड्रिडसँगको दोस्रो लेगको खेल अाउन ९ दिन अघि नेमार घाइते भएका हुन्। उनी चाडै मैदान नफर्किए पहिलो लेगमा पराजय भोगेको रियलले ठूलो क्षति व्यहोर्नुपर्ने देखिएको छ।

हिजो राति भएको खेलमा पीएसजीले मार्सेलीलाई ३–० ले हराएको हो। पीएसजीको जितमा केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक एक गोल गरे भने मार्सेलीका रोलान्डोले एक गोल आत्मघाती गरेका थिए भने जितसँगै पीएसजीले शीर्ष अंकको अग्रता १४ अंकमा पुर्याएको छ।  यो जितसँगै लिग लिडर पिएसजीले २७ खेलबाट ७१ अंक जोडेको छ।

सम्बन्धित शिर्षकहरु