
काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान संशोधन भए सरकारमा सहभागी हुने बताएको छ । संविधान संशोधन भए मात्रै आफूहरु सरकारमा जानसक्ने आधार बन्ने भएकाले सरकारसँगको सहकार्य र सहभागिता सोच्न सक्ने राजपाका नेताहरुको धारणा छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनका लागि इच्छुक भए आफूहरु वार्ताका लागि सकारात्मक रहेको उनीहरुको भनाइ छ । राजपाका नेता राजेन्द्र महतोले सरकारमा जानका लागि कुनै प्रस्ताव नआएको र प्रस्ताव आए पनि संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताए ।
संघीय समाजवादी फोरमसँग पनि यसअघि दुईपटक छलफल भइसकेको छ ।








