
काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)का असन्तुष्ट समूहले आज कांग्रेस पार्टी कार्यालय सानेपामा कालो चस्मा लगाएर धर्ना दिएका छन्। कांग्रेसले भातृ संगठनलाई विधानसम्मत ढंगले सञ्चालन गर्नु पर्ने मागसहित नेनिसंघले धर्ना दिएको हो ।
धर्नामा रहेका विद्यार्थीहरुले कांग्रेसको आँखा नै बन्द भएको भन्दै उनीहरुले सांकेतिक रुपमा कालो चस्मा लगाएर विरोध जनाएका थिए । उनीहरुले ‘जिद्दीले होइन, विधिले कांग्रेस चलाऊ’ जन्ता नारासहितका प्लेकार्ड बोकेका थिए ।








