जिरोना विरूद्ध बार्सिलोनाको अाधा दर्जन गोल

 

एजेन्सी । शनिबार राति भएको स्पेनिस लिगा लालिगामा बार्सिलोनाले जिरोनालाई ६-१ गोलले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोेउमा भएको खेलमा अग्रता भने खेलको तेस्रो मिनेटमा नै जिरोनाले लिएको थियो ।

जिरोनाका लागि क्रिस्टियन पोर्तुले गोल गरे । तर, यस सिजन अपराजित रहेको बार्सिलोना दुई मिनेट बित्न नपाउँदै बराबरी गोल फर्कायो । लुइज स्वारेजले पाँचौ मिनेटमा गोल गरे । त्यसपछि चम्किए लियोनल मेस्सी ।

उनले खेलको ३० औ र ३६ औ मिनेटमा सानदार गोल गरे भने बार्सिलोनालाई दुई गोलको अग्रता दिलाए । खेलको ४४ औ मिनेटमा लुइज स्वारेजले गोल गर्दा बार्सिलोना पहिलो हाफमा नै ४-१ गोलले अगाडि रहेको थियो । दोस्रो हाफको ६६ औ मिनेटमा फिलिपिन्हो कोउटिन्होले डि एरियाबाहिर बाट हानेको प्रहार गोलमा परिणत भयो ।

यस सिजन उच्च फर्ममा रहेका लुइज स्वारेजले खेलको ७६ औ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । यो जितसँगै बार्सिलोनाको २५ खेलमा ६५ अंक भएको छ ।

सम्बन्धित शिर्षकहरु